• पुस १४, २०७६
  • जुनकिरी खबर

सिद्धबाबाको रिहाइ आदेशविरुद्ध आन्दोलनकाे चेतावनी

alt

बलात्कार आरोपमा गत मंसिर १ ६गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि महिला अधिकारकर्मी असन्तुष्ट बनेका छन्।

सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको यस्तो आदेशले बलात्कार आरोपित सिद्धबाबालाई हौसला मिल्ने अधिकारकर्मीको भनाइ छ।

इटहरीको महिला आधारशिलाकी अभियानकर्मी सुशीला उप्रेतीले बलात्कार आरोपितलाई थुनामा लिएर अनुसन्धान हुनुपर्नेमा धरौटीमा छाड्दा अनुसन्धान प्रभावित हुन सक्ने बताइन्।

सिद्धबाबाविरुद्ध आन्दोलनको अगुवाइ गर्दै आएकी उप्रेतीले फैसलाले निराश बनाएको प्रतिक्रिया दिइन्।

‘हामी सम्मानित अदालतलाई सम्मान गर्छौं’, उनी भन्छिन्, ‘तर, सभामुखलाई समेत बलात्कार आरोपमा अनुसन्धान हुँदै गर्दा सिद्धबाबालाई चैँ किन छाडियो ?’

एक २९ वर्षीया अनुुयायी महिलालाई करणी गरेको आरोपमा सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

कृष्णदासलाई कडा कारबाही हुनुपर्ने माग गर्दै आएका महिलाले भने उच्च अदालत जाने चेतावनी दिएका छन्। अदालतको फैसला चित्त नबुुझेको भन्दै प्रदर्शनमा रहेका महिलाले असन्तुुष्टि जनाउँदै अदालत परिसरमा प्रदर्शन गरेका थिए।

गत शुक्रबारदेखि सिद्धबाबाको पक्ष र विपक्षीमा प्रदर्शन भएपछि ठूलो संख्यामा सुरक्षाकर्मीपरिचालन गरिएको थियो। सोमबार पनि बिहानैदेखि दुुवै पक्षले प्रदर्शन गरेका थिए ।

नेपाल समयबाट साभार

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]