• पुस २०, २०७६
  • जुनकिरी खबर

दोहोरो नागरिकता लिने महिला पक्राउ

alt

दोहोरो नागरिकता लिने ताप्लेजुङ आठराई–त्रिवेणी गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन् । वडा नं १ निघुरादिनकी अनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको भनी गत मंसिर ४ गते प्रहरीमा उजुरी परेको थियो । झापा बिर्तामोड महानन्द चोकमा लुकीछिपी बसिरहेको अवस्थामा पुस १८ गते उजुरीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

तामाङले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पहिले श्रीमानको नामबाट र पछि विवाह नभएको विवरण दिइ बावुबाट नागरिकता लिएको देखिएको छ । झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु खड्काले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]