• पुस २१, २०७६
  • जुनकिरी खबर

इलाममा माघ अन्तिम साता दक्षिण एसियाली दलित भेला हुने

alt

इलाममा आगामी माघ अन्तिम साता प्रदेश १ का जनप्रतिनिधिमा निर्वाचित दलित भेला तथा दक्षिण एसियाली दलित मिट–२०७६ हुने भएको छ ।  माघ २४ र २५ गते हुने भेलामा प्रदेश १ का विभिन्न तहमा जननिर्वाचित जनप्रतिनिधि ३५० जना दलित जनप्रतिनिधि सहभागी हुने छन् ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख÷उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र कार्यपालिका सदस्यहरू तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधीहरु सहभागी हुने जनाइएको छ। भेलामा प्रदेश १ बाहेक अन्य छ प्रदेश, भारत र भुटानबाटसमेत १०० जना सहभागी हुने मुल समारोह आयोजक समितिका संयोजक नवराज शंकरले जानकारी दिए। माघ २४ गते नौमतीबाजा र झाँकीसहितको ¥याली इलाम सदरमुकामको रत्नचोकदेखि गौतम बुद्ध सभागृहमा पुग्नेछ। सभागृहमा इलाम क्षेत्र नम्बर २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले भेला उद्घाटन गर्ने तय भएको छ।

त्यही अवसरमा नेम्बाङले संविधान र कानुन निर्माणमा दलितका सवालबारे आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संयोजक शंकरले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]