• असार १९, २०७६
  • जुनकिरी खबर

बढ्दै क्यान्सर रोगी बालबालिका

alt

आधुनिक जीवन पद्धतिसँगै खानपान, वंशाणुगत प्रभाव आदिका कारण बालबालिकामा क्यान्सर हुने क्रम बढेको अन्तर्राष्ट्रिय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा यसबारे अनुसन्धान नभए पनि अस्पतालहरूको तथ्यांकले क्यान्सर रोगी बालबालिकाको संख्या चिन्ताजनक रूपमा बढ्दो क्रममा रहेको देखाउँछ ।

कान्ति बाल अस्पतालमा क्यान्सर रोगको उपचार गर्ने १४ वर्षसम्मका बालबालिकाको संख्या सन् २०१५ मा ४६ मात्र रहेकोमा २०१८ मा बढेर १७१ पुगेको छ ।

यस्तै, भरतपुरस्थित बीपी क्यान्सर अस्पतालमा क्यान्सर रोग पहिचान भएका १९ वर्षसम्मका बालबालिकाको संख्या सन् १९९९ मा ५० रहेकोमा २०१६ मा ३१८ जना पुगेको देखिन्छ । अस्पतालमा सन् २०१६ मा रक्त क्यान्सरको सबै उमेर समूहका कुल २५६ बिरामीको उपचार भएकोमा यसमध्ये १९ वर्षसम्मका बालबालिकाको संख्या १०४ छ । यो तथ्यांकले बालबालिकामा रक्त क्यान्सर भयावह रूपमा रहेको तस्वीर देखाउँछ । चिकित्सकहरूका अनुसार क्यान्सर रोगी प्रत्येक तीन बालबालिकामध्ये एक जनामा रक्त क्यान्सर देखिने गरेको छ ।

क्यान्सर रोगको उपचार हुने मुलुकका सरकारी र निजी गरी १२ अस्पतालको तथ्यांक अनुसार सन् २०१५ मा १४ वर्ष उमेर समूहसम्मका ५२५ बालबालिकाको क्यान्सरको उपचार भयो । तीमध्ये रक्त क्यान्सर भएका बालबालिकाको संख्या २०६ रहेको छ । 

नेपालमा जनसंख्यामा आधारित क्यान्सर रोगीको आधिकारिक तथ्यांक छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले नौ जिल्ला मार्फत जनसंख्यामा आधारित क्यान्सर रोगीहरूको संख्या पत्ता लगाइरहे पनि यसले देशभरको तथ्यांक दिंदैन । जनसंख्यामा आधारित क्यान्सर रोगी बालबालिकाको तथ्यांक राखेका मुलुकहरूको आँकडालाई आधार मान्दा नेपालमा प्रत्येक वर्ष १९ वर्ष मुनिका बालबालिकाको प्रति १० लाख जनसंख्यामध्ये औसत १२० जना नयाँ क्यान्सर रोगी भेटिने अनुमान छ । 

२०६८ सालको जनगणना अनुसार कुल जनसंख्यामध्ये मुलुकमा १९ वर्ष मुनिको जनसंख्या करीब ४८ प्रतिशत (एक करोड ३० लाख) छ । यीमध्ये प्रत्येक वर्ष करीब १५०० जना क्यान्सर रोगी नयाँ बालबालिका भेटिनुपर्ने हो ।

तर, सन् २०१६ को १२ अस्पतालमा आधारित क्यान्सर रजिष्ट्री अनुसार बिरामी बालबालिकाको संख्या ७५० मात्र छ । यसले झ्ण्डै ५० प्रतिशत क्यान्सर रोगी बालबालिका अझ्ै अस्पतालको पहुँच बाहिर रहेको देखाउँछ । बीपी क्यान्सर अस्पतालका बाल तथा युवा क्यान्सर रोग विभागका प्रमुख, डा. शर्माका अनुसार, सबै ठाउँमा क्यान्सर जाँच्ने सुविधा नभएकाले ५० प्रतिशत बालबालिकालाई अन्य रोगको आशंकामा एन्टिबायोटिक लगायतका औषधि दिने प्रवृत्ति छ ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी क्यान्सर परीक्षणका लागि अस्पताल पुग्ने बालबालिकाको संख्या कुल रोगीको २० प्रतिशत मात्र हुनसक्ने बताउँछन् । यो तथ्यांकलाई आधार मान्दा बाँकी ८० प्रतिशत बिरामी अझैं पनि क्यान्सर रोग जाँच्ने सुविधा भएका अस्पतालमा पुग्न सकेका छैनन् । 

नेपालमा आकलन गरिएको करीब १५०० क्यान्सर रोगी नयाँ बालबालिकामध्ये प्रत्येक वर्ष २५ प्रतिशत अर्थात् २५० बालबालिकाले मात्र पूर्ण उपचार सेवा लिन्छन् । चिकित्सकहरूका अनुसार पूर्वाधारदेखि जनशक्ति र गुणस्तरीय उपचार सेवा हुने हो भने बाँकी १२५० बालबालिकालाई पनि बचाउन सकिन्छ । 

बीपी क्यान्सर अस्पतालको आँकडा अनुसार वार्षिक रूपमा क्यान्सरको पहिचान हुने औसत ३०० बालबालिकामध्ये ४० प्रतिशतले उपचार शुरू गर्ने गरेका छन् । यीमध्ये आधाले उपचार बीचैमा छाड्छन् । अस्पतालमा क्यान्सर रोग पत्ता लागेका बालबालिकामध्ये ३० प्रतिशतले मात्र पूर्ण उपचार गराउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]