• पुस २३, २०७६
  • जुनकिरी खबर

धरानको दानावारीबाट प्याराग्लाइडिङ उडान

alt

धरान उपमहानगरपालिकाको दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ। प्याराग्लाइडिङका लागि उत्कृष्ट स्थान अभावमा नेपाली सेनासहितको प्याराग्लाईडिङ पाइलटले दानावारीमा नयाँ गन्तव्य पहिचान गरेर मंगलबारबाट उडान सुरु गरेका हुन्। 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाली सेना प्याराग्लाइडिङ समूह र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ प्रदेश १ को संयुक्त रुपमा प्याराग्लाइडिङको नयाँ गन्तव्य पत्ता लगाएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राईले बताए। 

एकहजार २ सय ३० मिटर अग्लो स्थानमा रहेको दानावारीबाट प्याराग्लाइडिङ उडान भर्न अत्यन्तै सहज र सरल भएको उनको भनाइ छ। दानावारीमा प्याराग्लाइडिङ उडानका लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ ले एक विद्या जग्गा निशुल्क रुपमा उपलब्ध गराएको वडाअध्यक्ष मानबहादुर राईले बताएका छन्।

दानावारीबाट नेपाली सेनाका २३ र स्थानीय सात गरेर ३० जनाले मंगलवार उडान भरेका छन्। जसमा पाँचवटा टेन्डम उडान गरिएको थियो। प्याराग्लाइडिङडान भर्नका लागि त्रिभुवन आर्मी क्लवबाट प्रमुख सेनानी अर्जुन बस्नेतको नेतृत्वमा २३ जना नेपाली सेनाका प्याराग्लाइडिङ पाइलटहरु उडान भर्न धरान आएका छन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]