• पुस २३, २०७६
  • जुनकिरी खबर

इटहरीमा नेपालकै पहिलाे स्मार्ट पार्किङ्ग बन्दैं

alt

इटहरीमा नेपालकै पहिलो छ तले स्मार्टपार्किङ्ग नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ । इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । त्यहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।

इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्र्तगत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ । पछि १मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सवै अटोमेटिक हुने छ ।त्यहाँ गाढि धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ ।

त्यहाँ पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले वताए। इटहरीमा वढदो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक वन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरकाा प्रेस संयाेजक लिलाराज भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]