• पुस २४, २०७६
  • जुनकिरी खबर

कोशी अस्पताल सुधार्ने डा.लोहनीलाई पाँच महिनामै सरुवा पूर्जी

alt

कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. गुणराज लोहनीको पाँच महिनामै सरुवा भएको छ । कोशी अस्पताल आएको छोटो अवधिमै उनले सेवा प्रवाह र सरसफाइमा उल्लेख्य सुधार ल्याएका थिए ।

गत साउन दोस्रो साता सरुवा भएका लोहनी भदौ १ गतेदेखि कोशी अस्पतालमा हाजिर भएका थिए । तर, २१ पुसमा लोहनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा तानेको छ ।

उनले कोशी अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको ड्युटी, ल्याब, ओपीडी टिकट वितरणलगायतका सेवा प्रवाह तथा सरसफाइमा सुधार ल्याएका थिए । छोटो अवधिमै उल्लेख्य सुधार ल्याएपछि उनलाई स्थानीयबासीले ‘कोशीका कुलमान’ उपमा दिएका थिए ।

हाजिर भएलगतै अस्पतालको सरसफाइ ध्यान दिएका लोहनी प्रत्येक दिन बिहान आफैं झाडू लिएर सरसफाइका लागि निस्कन्थे । ड्युटीमा कडाइ गरेका उनले साढे १० बजेभन्दा ढिलो आउने कर्मचारी र चिकित्सकलाई हाजिर गर्न दिँदैनथे । ओपीडीमा पूर्जी काट्ने पट्यारलाग्दो लाइन हटाउन उनले छुट्टै दुईवटा काउन्टरको व्यवस्था मिलाएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]