• पुस २४, २०७६
  • जुनकिरी खबर

प्याब्सन सुनसरीको स्थापना दिवसमा खाद्यान्न वितरण

alt

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को २९औं स्थापना दिवसको अवसर पारेर सुनसरीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

प्याब्सन स्थापना दिवसको अवसर पारेर प्याब्सन सुनसरीले इटहरी १७मा रहेको रामजानकी शान्ति वृद्धाश्रममा आश्रीत रहेका जेष्ठनागरिकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको हो ।

इटहरी १७ पकलीमा रहेको रामजानकी शान्ति आश्रममा बस्दै आएका जेष्ठनागरिकहरुलाई प्याब्सन सुनसरीले बरिष्ठ उपाध्यक्ष अनुप योञ्जनको नेतृत्वमा ७५केजी चामल , पिठो ३० केजी , तेल १० लिटर चिनी १० केजी चिया ,ब्रस , दन्तमञ्जन लगायतका सामाग्रीहरु वितरण गरिएको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले जानकारी दिए ।

त्यसै गरी इटहरी नगर प्याब्सनले इटहरी ४का चार जना सन्तान अपागंता भएका लक्ष्मण तामागं परिवारलाई चार सिरक सहित चामल दाल तेल लगायतका सामाग्रीहरु वितरण गरको इटहरी नगर प्याब्सन अध्यक्ष सुर्वणबहादुर थापाले वताए । अपागंता भएको परिवारलाई सहयोग सामाग्री प्रदान गर्न इटहरी प्याब्सनका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]