• पुस २५, २०७६
  • जुनकिरी खबर

स्वस्थानी व्रत कथा सुरु

alt

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात गोडाका नङ काटी, नुहाइधुवाइ गरी शुद्ध लुगा लगाएर आजदेखि यो व्रत सुरु गरिन्छ । बिहान स्नान गरी दिउँसो महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानीकाे कथा सुन्ने र सुनाउने गरिन्छ ।

एक महिनासम्म यही विधिअनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइने प्रचलन छ ।

स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानी व्रतकाे एक महिनाभिर काठमाण्डौको साँखुमा रहेको शाली नदीमा मेला लाग्ने गर्छ । यस वर्षको मेला पनि सुरु भएकोे श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ ।

यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको एक महिने व्रत हुनेछ । पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । 

यसैबीच आजैदेखि माघ स्नान पनि सुरु भएको छ । नुहाइधुवाइ गरेपछि भगवान विष्णुको पूजा गर्ने चलन छ । माघ स्नान गर्नेले सात्विक, अल्पहार र एक छाक मात्र खाना खाएर व्रत बस्ने चलन छ । माघमा तिल, सख्खर, धिउ र कम्बल दान गरेमा विशेष पुण्य हुने धार्मिक विश्वास पनि रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]