• माघ २, २०७६
  • जुनकिरी खबर

नोबेलको शिविरबाट चार हजार बिरामीको निःशुल्क उपचार

alt

नोबेल शिक्षण अस्पतालले गत पुस महिनामा पूर्वी नेपालका बिभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ४ हजार बिरामी लाभान्वित भएका छन् । पुस १ देखि २९ गतेसम्म चार स्थानमा सञ्चालित शिविरमा ३ हजार ८ सय ४४ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
मोरङको इन्द्रपुर, इटहरा, सिरहाको गोलबजार र सुनसरीको तरहरामा शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार एक महिनाभर सञ्चालित शिविर मध्ये सवैभन्दा बढी इटहरामा १ हजार २ सय ६३ र सवैभन्दा कम सिरहाको गोलबजारमा ७ सय ५३ बिरामीको निःशुल्क उपचार गरिएको छ ।

यता, तरहरामा ९ सय ६५ र ईन्द्रपुरमा ९ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका छन् । चार वटै शिविरमा ६ सय ९ जनाको ईसीजी, ५ सय १६ जनाको भिडियो एक्सरे र ८ सय ७ जनाको ल्यावटेष्ट गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]