• असार २०, २०७६
  • जुनकिरी खबर

सहकारीको ब्याजदर तोक्दै सरकार

alt

काठमाडौं : सहकारीको कर्जामा मनपरी ब्याजदर नियन्त्रण हुने भएको छ। साउन १ गतेदेखि लागू हुने गरी सरकारले सरकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्ने तयारी गरेकोे छ। सहकारी विभागले ब्याजदर तोक्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

यसका लागि प्राविधिक समितिले काम गरिरहेको छ। कर्जामा चर्को ब्याजदरका कारण सदस्यले ऋणको सावाँब्याज भुक्तानी गर्न नसक्ने अवस्था छ। गरिबलाई झनै गरिब बनाउने गरी कर्जामा मनपरी ब्याज असुल्ने गरेकाले सहकारीलाई ‘वैधानिक साहुकारी’ को आरोप लाग्दै आएको छ। सहकारी संस्थाले कर्जामा २५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। बैंकहरूले १२.२३ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन्।

सन्दर्भ ब्याजदर तोक्न सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा ९ सदस्यीय समिति बनेको छ। समितिले तोकेको ब्याजदरले बैंकको आधार ब्याजदरकै काम गर्नेछ। बैंकले हरेक त्रैमासमा आधार ब्याजदर प्रकाशित गरी त्यसमा २ प्रतिशत बढाएर कायम गर्न सक्छन्। सहकारीको ब्याजदर निर्धारणमा देखिएको विकृति रोक्न सन्दर्भ ब्याजदर लागू गर्ने संयन्त्र विकास गरिनेछ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]