• माघ ८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा मन्त्री थपिएसगै सत्तारुढ नेकपामा असन्तुष्टि बढ्यो

alt

मन्त्री छनोट र लोक सेवा आयोग पदाधिकारी सिफारिस एकलौटी गरिएको भन्दै सत्तारुढ नेकपामा असन्तुष्टि बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीको सुझाव र एकताको मर्मविरीत मन्त्रीमण्डल बिस्तार र प्रदेश लोक सेवा आयोगमा तीन सदस्यको नाम सिफारिस गरेको तत्कालिन माओवादी नेताहरूको आरोप छ ।

सरकार गठन भएको २३ महिनापछि आइतबार मुख्यमन्त्रीले मन्त्रीमण्डल बिस्तार गर्दै चारजना राज्यमन्त्री नियुक्त गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वास राज्यमन्त्री नियुक्त भएका छन् ।

राज्यमन्त्रीमा नियुक्ति पाएका प्रदेश कमिटी सदस्य तथा तत्कालिन माओवादीका विश्वासलाई चौथो मर्यादा क्रममा र नेकपा जिल्ला कमिटी सदस्य रहेका अम्बिरबाबु गुरुङलाई दोस्रो मर्यादामा राखेकामा पनि माओवादी पक्ष रुष्ट बनेको छ । तत्कालिन माओवादीले विश्वासलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिन सुझावका दिएको थियो । ‘तर मुख्यमन्त्री राईले आफ्नो अनुकुल निर्णय लिए’ एक नेताले भने ।

पार्टीको प्रदेश कमिटिले रिक्त रहेको भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहिले मन्त्री नियूक्त गर्न दिएको सुझाब विपरीत मुख्यमन्त्री राईले दुबै मन्त्रालय आफ्नै मातहत रहने गरी राज्यमन्त्रीहरू नियूक्त गरेको गुनासो छ । यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तत्कालिन माओवादीले पाउने सहमति भएको अबस्थामा उक्त मन्त्रालयमा तत्कालिन एमालेका रामबहादुर मगरलाई राज्यमन्त्री नियुक्ति गरेको प्रति माओवादी पक्षले चित्त बुझाएको छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]