• माघ ११, २०७६
  • जुनकिरी खबर

मोरङको केराबारी गाँउपालिकामा बम बिस्फोट, सेनाद्धारा सडकमा राखिएको बम डिस्पोज

alt

मोरङको केराबारी गाउँपालिका–१० वर्षा चोकमा भेटिएको सुतली बम नेपाली सेनाको डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको छ । गाउँपालिका कार्यालयबाट ५० मिटर जति उत्तरमा सडकमा बम भेटिएपछि स्थानीय बासिन्दा आतंकित बनेका थिए ।

बम फेला परेपछि त्यस ठाउँलाई नियन्त्रणमा लिएर समयमै डिस्पोज गर्न सकेका कारण विष्फोट भएर कुनै मानविय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले वडा नम्बर १० मा रहेको गाउँपालिका कार्यालयको मुख्य गेटमै शुक्रबारराति १० बजे प्रेसर कुकर बमसमेत विष्फोट गराएको गाउँपालिका प्रमुख रोहित कार्कीले बताए ।  विष्फोटपछि स्थानीयबीच भागदौड मच्चिएको थियो । कार्कीले विष्फोटका कारण जनजीवन आतंकित बनेको जानकारी दिए । भौतिक क्षति भएपनि घटनामा कुनै मानविय क्षति भने नभएको उनको भनाइ छ ।

विष्फोट कसले र किन गराएको हो भन्ने यकिन हुन सकेको छैन । तत्काल विप्लव वा अन्य कुनै समूहले विष्फोट गराएको आधार तथा संकेत भने फेला नपरेको र घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए। उनले विष्फोट गराउनेको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]