• माघ १३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा बजेट कार्यान्वयन निराशाजनक : ६ महिनामा १६ प्रतिशत मात्रै खर्च

alt

 कार्ययोजना अनुसार अगाडि नबढ्दा प्रदेश १ सरकारको विकास बजेटको कार्यान्वयन निराशाजनक देखिएको छ ।

आर्थिक वर्षको आधा समय गुज्रिँदासमेत बजेट अत्यन्तै न्यून मात्र खर्च भएकाले विकासका आयोजना प्रभावित हुने देखिएको हो ।

गत आर्थिक वर्षमा पनि बजेट खर्च गर्न नसकेको भन्दै आलोचना भएपछि प्रदेश १ सरकारले सुधारका लागि चालु आर्थिक वर्षमा सबै मन्त्रालयलाई कार्ययोजना बनाएर लागु गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशनअनुसार मन्त्रालयले बजेट कार्यान्वयनको खाका तयार पारेर सार्वजनिकसमेत गरेका थिए । तर मन्त्रालयहरुले कार्य योजनालाई पछ्याउन नसक्दा आधाबर्षका अवधिको विकास खर्चको अवस्था ज्यादै निराशाजनक छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल बजेटको १६.२६ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । चालुु खर्चतर्फ १२.३३ प्रतिशत र पुँजीगत खर्चतर्फ १९.३७ प्रतिशत खर्च भएको हो ।

मुख्यमन्त्री शेरधन राई मातहतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आधारित कुनै पनि कार्यक्रम कार्यान्वयन हुन नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका सूचना अधिकारी कुमार आचाईको भनाइ छ ।

आर्थिक वर्षको आधा समय गुज्रिँसक्दासमेत बजेट कार्यान्वयनको अवस्था न्यून देखिनुले सरकारले कार्यान्वयन गर्न सकिने योजना ल्याउन नसकेको प्राध्यापक डाक्टर अर्जुन बराल बताउँछन् ।

यता मुुख्यमन्त्री शेरधन राई पनि पहिलो चौमासिक खर्चप्रति सन्तुुष्ट देखिएका छैनन् । पहिलो चौमासिकको समीक्षा गर्दै दोस्रो चौमासिकमा प्रगति गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राईको धारणा छ ।

आर्थिक वर्षको अन्त्यतिर हतार हतारमा विकासका काम गर्ने प्रबृत्ती अन्त्य गर्न प्रदेश सरकारले बजेट खर्चको कार्यतालिका तयार गरे पनि तालिकाअनुसार काम भने भएको देखिदैन । यसप्रति बेलैमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]