• माघ १४, २०७६
  • जुनकिरी खबर

प्रेमीसँग मिलेर पतिको हत्या !

alt

कटहरी गाउँपालिका–७ की एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । कटहरी–७ की दयाबती सरदारले प्रेमी स्थानीय बोस भन्ने ३६ वर्षीय बद्री सरदारसँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेकी हुन् । हत्या आरोपमा प्रहरीले दयाबती, बद्रीसँगै स्थानिय ललन सरदार र मुकेश सरदारलाई पक्राउ गरेका छन् ।

कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी मोरङले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ। दयाबतीको बद्रीसँग दुई वर्षदेखि अनैतिक सम्बन्ध रहेको विकासले जानकारी पाइसकेपछि ललन र मुकेशको साथ लिएर माघ ५ गते राति हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए। विकासको शव माघ ६ गते ग्रामथान गाउँपालिका–३ स्थित ढङटोलीस्थित सडक छेउको खाल्डोमा फेला परेको थियो।


प्रहरीले मृतक विकासको टाउकोमा चोट देखेपछि हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिएको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]