• माघ १४, २०७६
  • जुनकिरी खबर

अनलाइन सपिङका नाममा ठगी : ६७ लाखसहित आठ पक्राउ

alt

‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य  सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका- २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन्। 

आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ। ती मध्ये पनि खड्का र चौलागाई आचार्यको विश्वासपात्र रहेको अधिकारीको भनाइ छ। उनीहरु विराटनगर महानगरपलिका- ३ की यज्ञकुमारी खड्काको घरमा कोठा भाडामा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ। 

अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्‍याएको खुलेको छ। आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको एसपी अधिकारीले बताए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]