• माघ २४, २०७६
  • जुनकिरी खबर

गच्छदारको सांसद पद निलम्बित

alt

संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुचना संसदलाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदावी समेत गरेको छ । गच्छदारको पार्टी कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]