• माघ २४, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को पुँजीगत खर्च निराशाजनक

alt

बजेट सार्वजनिकपछि प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले चालु आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च हुने दाबी गरे। त्यसपछिका सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले पनि ८० प्रतिशत बजेट खर्च हुनेमा ढुक्क रहन आग्रह गर्दै भाषण गरे। चालु आर्थिक वर्ष प्रदेशको पुँजीगत खर्च बढाउन नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना आगावैै बजेट ल्याइ खर्चको अख्तियारी दिने व्यवस्था पनि मिलाइयो।

तर, बजेट ल्याएको ६ महिनामा १६.२७ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। यसै अनुरूप खर्च हुने हो भने मन्त्री र मुख्यमन्त्रीको भाषणमै सीमित हुने देखिएको छ।

प्रदेश १ सरकारले यस आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ विकास बजेट विनियोजन गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको पुस मसान्तसम्म कुल बजेटको १६.२७ प्रतिशत अर्थात् ६ अर्ब ८६ करोड ४८ लाख २७ हजार मात्रै खर्च भएको छ। चालुतर्फ १८ अर्ब ६२ करोड ६४ लाख ७६ हजार मध्ये १२.३३ प्रतिशत अर्थात् २ अर्ब २९ करोड ७५ लाख ३४ हजार मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी अन्तिम आचार्यले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]