• माघ २५, २०७६
  • जुनकिरी खबर

धनकुटामा छुट्टै कोरोना उपचार कक्ष

alt

जिल्ला अस्पताल धनकुटाले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’ तयार गरेको छ। अस्पताल भवनको दोस्रो तलामा छुट्टै एउटा कोठामा कोरोना भाइरस उपचार कक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. पुजन विश्वकर्माले बताए।

उनका अनुसार सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था गरिएको छ। कोरोना भाइरस उपचार कक्ष रहेको कोठामा तीन वटा वेडको व्यवस्था गरिएको छ। उपचारका लागि आएका विरामीमा हालसम्म पनि कोरोना भाइरसको लक्षण देखा परेको छैन्।

बिहीबार प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको अध्यक्षतामा जिल्ला अस्पताल प्रमुख, जनस्वास्थ्य प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलगायत स्वास्थ्य सेवासँग सम्वन्धित संस्था तथा व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले नोवेल कोरोना भाइरसको महामारी, रोकथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई प्रभावकारी रुपमा अधि बढाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]