• माघ २५, २०७६
  • जुनकिरी खबर

ढुवानी एजेन्ट व्यावासायी संघमा चौधरीको अध्यक्ष नयाँ कार्य समिती चयन

alt

इटहरी ढुवानी एजेन्ट ब्यावासायी संघले आफ्नो १३ औ बार्षीक साधारण सभा तथा चौथो अधिवेशन इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न गरेको छ । बिभिन्न व्यापारिक प्रयोजनको लागी एक ठाउबाट अर्को ठाउ सम्म सामान पु¥याउदै मुलुकको व्यावासायीक उत्पादनमा सहयोग पु¥याउदै आएका ढुवानी व्यावासायीहरुको हकहितको लागी काम गर्ने उद्धेश्यले स्थापना भएको ढुवानी व्यावासायीक संघको अधिवेशनले नया कार्य समिति समेत चयन गरेको छ ।

देशको औधगीक उत्पादन र आर्थीक बिकासमा ठुलो भुमिका निवार्ह गर्दै आएको ढुवानी व्यावासायीहरुको समस्यालाई अहिले सम्म राज्यले उपेक्षा गर्दै आएको कार्यक्रममा बोल्ने अधिकांशले बताएका छन् । बिराटनगर र इटहरी व्यापारी उद्योगीक नगरीको रुपमा प्रदेश १ मै परिचित भए पनि ढुवानी व्यावासायीलाई व्यवस्थित गर्न सरकार पक्ष मौन देखिएको इटहरी ढुवानी एजेन्ट व्यावासायी संघका अध्यक्ष चित नारायण चौधरीले बताए । सरकारले ढुवानी व्यावासायीको समस्यालाई पनि बुझेर समाधान तर्फ लग्न सकेमा आर्थीक बिकासमा ढुवानी व्यावासायीले पनि सहयोग गर्न सक्ने अवस्था रहेको चौधरीले बताए ।
चित नारायण चौधरीे अध्यक्ष, केशव गिरी उपाध्यक्ष, सर्व बहादुर दहाल सचिव, रमेश प्रसाद निरौला सह सचिव, मनोरथ पराजुली कोषाध्यक्ष लगायत चार सदस्य समिति चयन भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]