• फागुन १, २०७६
  • जुनकिरी खबर

इटहरीमा दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तिव्र

alt

इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गते सम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तिव्र पारिएको छ । इटहरीमा ९ महिना देखि ५ बर्षमुनिका १४ हजार २ सय ४७ वालवालिकालाई दादुरा र रुवेला विरुद्धको खोप प्रदान गरिने छ ।

दादुरा रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच बर्ष सम्मका १७ हजार ३ सय ४६ वालवालिकालाई पोलियो थोपा समेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले वताए । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालिम दिइसकिएको छ । सवै वडामा अभिमुखिकरण कार्यक्रम गरिदै छ ।

जन्मेदेखि पाँच बर्षसम्मका वालवालिका रहेका सवै घरहरुमा खोपका लागि निम्तो कार्ड पुरयाइने सरोकारवालाहरु सँग गरिएको नगरस्तरीय अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य नीरिक्षक घनश्याम सिग्देलले वताए । खोप अभियानका लागि १सय ८५ जना स्वयंसेवक परिचालन गरिने छ । कार्यक्रममा इटहरी अस्पतालका डक्टर मनिष शर्मा,स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स श्रीजना लिङ्गथेपले रुवेला दादुरा खोप अभियानको महत्वका वारेमा प्रष्ट पारीन् ।

इटहरी उपमहानगर वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने वताए । सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाको स्वस्थ्य भविश्य सुनिश्चिताका लागि खोप अभियान सफल वनाउन सम्वन्धित सवै सरोकारवाला सँग आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]