• फागुन २, २०७६
  • जुनकिरी खबर

इटहरीका मेयर र खानेपानीका अध्यक्ष चौलागाई बिच सहमति

alt

इटहरीका मेयर द्वारिकलाल चौधरी र खानेपानी संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाई मिलेका छन् । विगतमा भएका कमि कमजोरी सच्याउँदै पार्टी संगठन सुदृढ बनाउने सहमतीसँगै् दुवै जना मिलेका छन् ।

दुवैको आत्मालोचनापछि विगत लामो समयदेखि जारी विवाद समाधान भएको हो । दुवै जनाले हात मिलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

दुवैबिच लामो समयदेखि चल्दै आएको वाकयुद्ध सहमतिका लागि नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भिम प्रसाद आचार्यले भुमिका खेलेका थिए । उनको नेतृत्वमा भएको छलफलमा दुवै नेताले एक अर्काको गल्तीको आत्मालोचना गर्ने सहमती बनेको थियो ।

विगत केही महिना यता रामप्रसाद चौंलागाई बिरुद्ध मेयर चौधरी आक्रामक तरिकाले प्रस्तुत हुँदै आएका थिए । पछिल्लो समयमा चौलागाईसमेत मेयर चौधरीको विरुद्ध खरो उत्रिएका थिए । दुवैको आरोप प्रत्यारोपले इटहरीमा नेकपाको संगठनमा नकारात्मक असर परेको भन्दै नेकपाका नेताहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]