• असार २१, २०७६
  • जुनकिरी खबर

धरानमा डेंगु नियन्त्रण बाहिर : दैनिक बढ्दै बिरामी

alt

धरान उपमहानगरपालिकामा ५० दिनदेखि फैलिएको डेंगु रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन्। लामो समयसम्म डेंगु नियन्त्रण हुन नसक्दा पनि प्रदेश सरकारले नियन्त्रणका लागि कुनै योजना अगाडि सारेको छैन। 

जेठको सुरुदेखि देखा परेको डेंगु नियन्त्रणका लागि धरान उपमहानगरले जनप्रतिनिधि, कर्मचारी, टोल विकास समितिका सदस्य परिचालन गरी लामखुट्टे मार्ने अभियान चलाएको भए पनी डेंगु नियन्त्रण हुन सकेको छैन्।
 
अहिलेसम्म धरानमा डेंगु सक्रमितको संख्या १५ सय बढी पुगेको छ। जसमध्ये एक हजारले बीपी प्रतिष्ठान, एक सय ४४ाले विजयपुर अस्पताल, वीरेन्द्र मेडिकल र श्रेष्ठ मेडिकललगायतका निजी क्लिनिकमा उपचार गराइरहेका छन्। 

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले जनशक्ति अभावका साथै केन्द्र र प्रदेश सरकारको सहयोग नपाएका कारण धरानमा प्रकोपका रुपमा देखापरेको डेंगु नियन्त्रणमा समस्या भएको बताइन्। 

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरेको भएपनी दक्ष जनशक्तिको अभावमा नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टसनामक लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु रोग लाग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]