• फागुन ४, २०७६
  • जुनकिरी खबर

गफगाफमै बित्यो प्रदेश १ सरकारको २ बर्ष

alt

 प्रदेश १ सरकार गठन भएको २ बर्ष पुरा भएको छ । अत्यन्तै ठुलो महत्वकांक्षाका साथ गठन भएको प्रदेश सरकारको २ बर्ष गफगाफमै मात्र सिमीत देखीएको छ ।

२०७४ फागुन ३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका सहिदरुको सम्मानमा उनीहरूको जन्मस्थलमा नमुना बस्ती बनाउने निर्णय गरेको थियो । तर निर्णय कार्यनयनको पाटोमा भने प्रदेश सरकार चुकीरहेकोछ ।  मुख्यमन्त्री शेरधन राईले राजनीतिक परिवर्तनका लागि बलिदानी गर्ने सहिदको सम्मानका लागि शान्त, सुरक्षित, सुविधासम्पन्न ११ वटा नमुना बस्ती बनाउने निर्णय सार्वजनिक गरे । संखुवासभाको स्याबुन, भोजपुरको हतुवागढी, तेह्रथुमको आठराई, पाँचथरको मेहेलेपुरमा नमुना बस्ती बनाउने निर्णय भएको थियो ।


यस्तै मदन भण्डारीको जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, रत्नकुमार बान्तवा र बम बान्तवाको गाउँ इलामको चमैता, झापाको सुखानीमा पनि नमुना बस्ती बनाउने प्रदेश सरकारले निर्णय गरेको थियो ।  ओखलढुंगाको रामलक्ष्मण सहिदभूमि, धनकुटाको छिन्ताङ, तेह्रथुमको आङबुङ र नेत्रप्रसाद गुरागाईंको जन्मभूमि संखुवासभा, भोजपुरको बासीखोरमा सहिदभूमि नमुना बस्ती निर्माण गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो ।

बारम्बार निर्णंय गर्दै जाने तर कार्यनयन पक्षमा ध्यान नदीदा प्रदेश सरकारको आलोचना सुरु भएकोछ । प्रदेशको राजधानी तोक्न डेढ बर्ष लगाएको सरकारले २ बर्ष सम्म नामांकनको बिषय संसदमा प्रवेश गराउन सकेको छैन । २०७६ वैशाख २३ गते प्रदेश १ को स्थायी राजधानी विराटनगर कायम गरेर व्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाका संरचनाहरु विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने निर्णय भएको थियो । प्रदेश सरकारको खास उपलब्धी नदेखीदा प्रादेशीक संरचनाकै बिषयमा प्रश्न उठ्न थालेकोछ ।

प्रदेश सरकारले फाल्गुन ३ गते बिहान एक औपचारिक समारोह गरी दुई वर्षका विभिन्न उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गरे । प्रदेश १ सरकारले प्रदेश सरकार गठन भएको २ वर्षमा २७ किलोमिटर सडक कालोपत्रे गरेको उनले बताए । पूर्वाधार विकासतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए । सम्बोधनका क्रममा उनले थपे, ‘प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १-१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १२६ वटा मोटरेबल पुल र ११४ वटा झोलुङ्गे पुल धमाधम निर्माण हुँदैछन् ।’

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]