इटहरीको अस्पतालमा औषधी र डाक्टरको अभावका कारण सर्वसाधरण समस्यामा पर्दै आएका छन् । ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो जस्ता अति आवश्यक औषधी समेत अभाव भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा विरामीको चाप बढे संगसंगै डाक्टरको पनि अभाव भएको हो । एक जना डाक्टरले कराीव १ सय ५० जना बिरामीलाई हेर्नु परेको अस्पतालले जानकारी दिएको छ । इटहरीका १९ वटै वडा बाट विरामी आउँने भएकाले पनि औषधी र डाक्टरको समस्या अस्पतालमा आएको हो ।
अहिले ३ जना डाक्टरको भरमा अस्पताल चल्दै आएको अस्पतालले जनाएको छ । डेन्टल सम्बन्धी उपचार समेत अस्पतालले सुरु गरेको जनाएको छ । डेन्टलको कार्य पनि सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।
७० किसिमका औषधी सरकारले निशुल्क गर्ने भने पनि इटहरीको अस्पतालमा धेरै जस्तो औषधी छैन् । सरकारी अस्पतालमा प्राय जशो निम्न बर्गका व्यतिmहरु नै उपचार गराउन आउने भएकाले गर्दा उनीहरुले राम्रो उपचार नपाएको र समस्या उत्पन्न भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा विरामीहरुको उल्लेखनिय संख्यामा बृद्धि भईरहेको कारण डाक्टर कम भएको र औषधी अभाव भएको हो, अहिले सिटामोल सम्म छैन,जिवनजल प्यारासिटामोल लगायत केहि औषधी छन, अस्पतालका डाक्टर मनिशकुमार शर्माले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved