• फागुन ८, २०७६
  • जुनकिरी खबर

इटहरीमा विद्यार्थीहरुको बृहत प्रदर्शनी सम्पन्न

alt

विद्यार्थीहरुले हासिल गरेका सैद्धान्तीक ज्ञानलाई प्रयोगात्मक अभ्यास गराउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको कोशी सेन्ट जेम्स मावि तथा कलेजका विद्यार्थीहरुले वृहत प्रर्दसनी गरेका छन ।

विद्यार्थीहरुले पाठ्यक्रममा सिकेका विज्ञान ,भाषा, गणित ,प्रविधि,सामाजिक शिक्षा,वातारण ,स्वास्थ्य तथा शारिरिक,पाकशिक्षा ,सगिंत लगायत विद्यार्थीहरुले तयार पारेका विभिन्न परियोजना कार्यहरुलाई समावेश गरेर तेस्रो कोशी बृहत प्रर्दसनी आयोजना गरिएको हो ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले विद्यार्थीहरुले बनाएको रोवटको स्वीच थिचेर रोबटले रिवन काटेर बृहत प्रर्दसनीको उद्घाटन गरिएको बृहत प्रर्दसनी हेर्न इटहरी आसपासका विभिन्न विद्यालयहरुका विद्यार्थीको सहभागीता रहेको थियो ।

बृहत प्रर्दसनीमा विद्यार्थीहरुले विभिन्न सामाग्री राखेका १सय ६० स्टल रहेको कोशी सेन्ट जेम्सका मनु मञ्जीलले जानकारी दिए । विद्यार्थीहरुले सैद्धान्तीक रुपमा हासिल गरेको ज्ञानलाई व्यवहारिक रुपमा उर्ताने पहिले स्थलका रुपमा शैक्षिक संस्था नै वन्नु पर्छ भन्ने मान्यताका साथै विगत तीन वर्ष देखि प्रर्दसनी आयोजना गर्न थालिएको उनले वताए ।

विद्याथीहरुको क्षमता अभिवृद्धि गराउन मर्मत पुगोस भनेर विद्यार्थीहरुकै सहभागिता रहने गरी आयोजना गरिएको प्रर्दसनीमा विद्यार्थीहरुले शैक्षिक विषयसंग जोडीएका मात्र नभएर घरायसी प्रयोगका हराउदै गरेको सामाग्री देखि धेरै जातजातिका भेषभुषा समेत समावेश गरिएको कोशी सेन्ट जेम्सका प्रिन्सिपल रामकुमार कालाखेतीले वताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]