• फागुन ८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा एक वर्षमा ७७ जनाको हत्या

alt

मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २८ औ संस्करणको २०२० वर्ष पुस्तक सार्वजनिक गरेको छ ।

विराटनगर स्थित प्रदेश १ को कार्यालयमा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेख राख्ने र पीडितको न्याय प्राप्तिमा सहयोग पु¥याइ रहेको छ ।इन्सेकका अनुसार सन २०१९ भरि प्रदेश १ मा ८ सय ५५ जना मानव अधिकार उल्लङघन र ज्यादतीका घटनाबाट पिडीत भएका छन् ।०७५ पुस १७ देखि ०७६ पुस १६ सम्ममा प्रदेश १ मा गिरफ्तारका घटनामा ८३, महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय ३५, हत्याका घटनामा ७७, बालअधिकार उल्लङ्घनका घटनामा ३ सय १ जना पीडित भएको इन्सेकको तथ्याङमा छ ।इन्सेकको अभिलेख अनुसार राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाईते, ८३ जना गिरफ्तार, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारबाट एक जाना र हिरासतमा एक जानको मृत्यु भएको छ ।सन् २०१८ मा यस प्रदेशमा ७ सय ८७ जना मानव अधिकार उल्लङघन र ज्यादतीका घटनामा पीडित भएका थिए ।

जसमा राज्यपक्षबाट ६१ जना पीडित भएका थिए ।महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय १९ जना ,जातीय विभेदका घटनामा चार जना, गरिफ्तारीमा घनटनामा ४३ जना, बाल अधिकारका घटनामा २ सय ३९ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । २०१७ मा भने ६ सय ९४ जना मानव अधिकार उल्लङघन र ज्यादतीका घटनामा पीडित भएका थिए । इन्सेकका प्रदेश १ का प्रतिनिधि मध्ये उत्कृष्ट उदयपुरका भरत खडकालाई सो अवसरमा पुरस्कृति गरिएको थियो ।उनलाई सात हजार नगद सहित दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । उनलाई सांसद अम्बिका थापाले पुरस्कार प्रदान गरेकी थिइन् ।कार्यक्रममा मानवअधिकार आयोग प्रदेश १ प्रमुख मोहनदेव जोशी, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश लम्साल, दलित गैरसरकारी सँस्था महासंघका केन्द्रिय सचिव उमेश विश्वकर्मा ,मानवअधिकार संजाल विराटनगरका अध्यक्ष डिकप्रसाद घिमिरे , अधिकार कर्मी मञ्जिता उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]