• फागुन १२, २०७६
  • जुनकिरी खबर

भारतमा बस दुर्घटना : मृत्यु भएका ६ जनाको सामुहिक दाहसंस्कार, मंगलबार इटहरीमा शोक विदा

alt

तीर्थयात्रामा भारत गएका नेपालीको दुर्घटनामा निधन भएपछि सोमबार शब नेपाल ल्याईएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १० का मात्रै ६ जनाको दुर्घटनामा निधन भएको थियो । निधन पछि शोकमा रहेका परिवारले शब बुझ्न नपाउँदा झनै शोकमा डुबेका थिए । सोमबार शब नेपाल ल्याईएसँग इटहरीको गंगा जमुना मुक्ति घाटमा सामुहिक दाहसंस्कार गरिएको छ ।

शव लिन नेकपा इटहरीको नेतृत्वमा बागडोरा एअरपोर्टमा टोली पुगेको थियो । प्रदेश सांसद लिलम बस्नेत, नेकपा इटहरी अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला), सचिव काशीनाथ दंगाल लगायत शब लिनका लागि पुगेका थिए । परराष्ट्र मन्त्रालय, दिल्ली स्थित नेपाली दुताबासको सहयोगमा शव नेपाल ल्याइएको उपमेयर लक्ष्मी गौतमले बताईन् । उनका अनुसार अन्य घाईतेको भारतमै उपचार भईरहेको छ ।

माघ २३ गते इटहरीबाट ३५ दिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राती दुर्घटनामा मृत्यु भएको हो । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा एउटै परिवारका तीनजना रहेका छन् । ७० वर्ष पार गरेका रसीलाल चौधरी, उनकी श्रीमती ६८ वर्षकी बुधनी चौधरी र रसिलालकी वहिनी फुलसरी चौधरीको मृत्यु भएको वडा नं. १० का वडाध्यक्ष प्रकाश चौधरीले बताए ।

बस दुर्घटनामा परि इटहरी वडा नं. १० का टीकाराम चौधरी, रसीलाल चौधरी, बुधनी चौधरी, फूलसरी चौधरी, गोपाल तामाङ र बीरबहादुर राईको मृत्यु भएको हो । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अुनसार उक्त बसमा ३४ जना सवार थिए । विराटनगर–जोगवनी नाका हुँदै भारत तीर्थयात्राका लागि गएका थिए । तीर्थयात्रा गएको १६ औं दिनमा दुर्घटना भएको हो ।

शोक विदा

मंगलबार इटहरीमा सार्वजनिक बिदा दिईएको छ । इटहरी उपमहानगरपालिकाले मङगलबार सार्बजनिक बिदा दिने भएको हो ।

तीर्थयात्राको क्रममा भारत गएका इटहरीका ६ जनाको ज्यान गएकोमा शोक बिदा दिने निर्णय भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]