• फागुन १४, २०७६
  • जुनकिरी खबर

कोसी अस्पताललाई जग्गाको अभाव

alt

विराटनगरको कोसी अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो ।

सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा १० कट्ठा जग्गा छ । जस मध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले १ कट्ठा १० धुर, देवकोटा पुस्तकालयले २ कट्ठा, रेडक्रस सोसाइटीले १ कट्ठा १३ धुर र क्षयरोग निवारण संस्थाले ८ कट्ठा १० जग्गा प्रयोग गर्दै आएका छन् ।

कोसी अस्पतालको जग्गामा उपचार गृह आवाससहितका संचरचनाले भरिएका छन् । नयाँ भवनका लागि बजेट आएपनि जग्गा नभएका कारण क्षयरोग निवारण संस्थालाई दिइएको जग्गामा निर्माण भएको एउटा भवन भत्काउने सहमति भएको कोसी अस्पतालको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगिता मिश्रले बताइन् ।

कोसी अस्पताल सञ्चालनमा आर्थिक अवस्थाका कारण धौ धौ छ । तर अस्पतालकै जग्गामा बसेका चारवटा संस्थाले भने आफ्नो भवन भाडामा लगाएर आम्दानी गरिरहेका छन् । संघिय सरकारबाट संरचना निर्माणका लागि ४० करोड बजेट विनियोजन भएपछि बुधबार अस्पतालले भवन निर्माणका लागि सार्वजनिक छलफल आह्वान गरेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]