• फागुन १४, २०७६
  • जुनकिरी खबर

महिलालाई आत्मनिर्भर बनाउदै माईती नेपाल

alt

सुनसरीको इटहरी २ मा रहेको माईती नेपाल परामर्श तथा पुर्नस्थापना गृहले बिभिन्न बाहानामा बेचबिखनमा परेका करिब १६ जना महिलालाई ५ महिने सिपमुलक तालीम प्रदान गरेको छ । लामो समय देखि महिला बेचखिनको क्षेत्रमा काम गर्दै आएको माईती नेपालले उद्धारका साथै आत्म निर्भर बनाउनका लागी बिभिन्न सिप मुलक तालीम प्रदान गर्दै आएको हो ।

अन्तराष्ट्रिय समस्या बनेको बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुर्नस्थापना गराउदै आएको माईती नेपालले यो पटक सिपमुलक तालीम अन्र्तगत सिलाई बुनाई, चायल्ड केयर लगायतको तालीम प्रदान गर्दै समापन कार्यक्रम संगै बिदाई समेत गरिएको माईती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइनी । ६ महिना सम्म तालीम लिएर बिदाई हुने सबैजनाले आत्मनिर्भर हुने गरि समाजमा पुर्न स्थापना भए पछि काम गर्नु पर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरुले बताएका छन् ।

मानव बेचबिखनको संजाल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म फैलिएको छ यसको न्युनिकरणमा माइृती नेपालले खेलेको भुमिका निकै महत्वपुर्ण रहेको कार्यक्रममा प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि धमराज भण्डारीले बताए । त्यसै गरि मानव बेचबिखनको सचेतना भएर मात्र नहुने यसको लागी हाम्रो शिक्षा प्रणालीमा पनि परिवर्त गर्नु पर्ने बताए । कार्यक्रममा माईती नेपालका क्षेत्रिय कार्यक्रम अधिकृत गोविन्द धिमिरेको सभापतित्व रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]