• फागुन १५, २०७६
  • जुनकिरी खबर

झापाको जुवा खालमा प्रहरीको छापा ६ पक्राउ, व्यापारीहरुकाे भागाभाग

alt

झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा प्रहरीले छापा मारी ६ जनालाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले ६ जना जुवाडेसहित करिव १ लाख रुपैंयाँ बरामद गरेको जनाएको छ ।

बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा छापा मारेर प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले घटनाको पुष्टि गर्दै ६ जना पक्राउ परेको जानकारी दिएका छन् ।

बिर्तामोडका प्रतिष्ठित व्यवसायीहरु जुवाखालमा भेटेपछि प्रहरी आएको थाहा पाउनासाथ भागेका थिए । उनीहरुले प्रयोग गरेको एउटा गाडी र सात वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जुवाखालबाट नगद नेपाली ९८ हजार र भारतीय एक हजार रुपैयाँ बरामद भएको डीएसपी रिजालले जानकारी दिए । नियमित कौडा खेलिने गरेको सूचनाका आधारमा प्रहरी लिम्वूको घरमा खानतलासी गरेको थियो । प्रहरीले पक्राउ परेकालाई बिहीबार म्याद थप गरी अनुसंधान शुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]