• फागुन १७, २०७६
  • जुनकिरी खबर

देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको छैन : मुख्यमन्त्री राई

alt

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् । राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए ।

उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।

शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए ।

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै  ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।

मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको  छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]