• फागुन १८, २०७६
  • जुनकिरी खबर

अनिल र चन्द्रिका भए इटहरी जेसिजको ह्वील चेयर म्याराथनको बिजेता

alt

इटहरी । मार्च एक तथा १२ औं विश्व ह्वील चेयर दिवसको अवसर पारेर इटहरी २ को आपँगाछीमा ह्वील चेयर म्याराथन कार्यक्रम सम्मन्न भएको छ । स्पाइनल इन्जुरी संघ प्रदेश एक र इटहरी जेसिसको आयोजनामा भएको कार्यक्रममा प्रदेश एक भित्रका करिब ३५ जना ह्वील चेयर प्रयोगकर्ता ब्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश एक सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् भने अध्यक्ष इटहरी जेसिस २०२० का अध्यक्ष माधब भट्टराई रहेका थिए ।

कार्यक्रममा पुरुष पाचँ सय मिटर ह्वील चेयर म्याराथनमा प्रथम अनिल कुमार शाह, दोश्रो दिपेश विश्वकर्मा, तेश्रो नबिराज राई भएका थिए । उनीहरुलाई क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार तथा मेडल, प्रमाणपत्र,तथा ट्रफि प्रदान गरिएको छ । त्यस्तै महिला तर्फ तीन सय मिटर ह्वील चेयर म्याराथानमा प्रथम चन्द्रिका सरदार, दोश्रो प्रतिमा दाहाल, तेश्रो, अञ्जु कार्की भएका छन् उनीहरु पनि क्रमशः तीन हजार,दुई हजार,एक हजार तथा मेडल, प्रमाणपत्र,तथा ट्रफि प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]