• फागुन २०, २०७६
  • जुनकिरी खबर

बलात्कार आरोपी सिद्धबाबा कारागार चलान

alt

बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई झुम्का कारागार ल्याइएको छ । मंगलबार सुनसरी अदालतमा उपस्थित भएका उनलाई कारागार पुर्‍याएको सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । आदेश आउनु केही घण्टा अघि नै उनी सुरक्षा गार्ड र गाडी विराटनगरमा छाडेर जोगबनी नाका हुँदै भारत लागेका थिए । 

उनी भारततर्फ भागेको चर्चा चलेको थियो । तर, उनका अनुयायीहरुले भने उपचार गराउनका लागि भारत पुगेको बताउँदै आएका थिए । अदालत आइपुगेका उनले आफू उपचारको लागि भारत गएको बेलामा अदालतले निर्णय गरेको बताए । उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्।

उच्च अदालतको आदेशअघि १६ मंसिरमा जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो। कृष्णदासमाथि आफ्नै आश्रममा अनुयायी करणी गरेको आरोप लागेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]