• फागुन २१, २०७६
  • जुनकिरी खबर

मानसिकता परिवर्तन नभएसम्म विकासको लक्ष्य पूरा हुँदैन : उपसभामुख पोखरेल

alt

मानसिकतामा परिवर्तन भएमा मात्र दिगो विकासको लक्ष्यसम्म पुग्न सकिने प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले बताएकी छिन् ।

स्वैच्छिक राष्ट्रिय समिक्षा प्रकृया र युवा विषयक कार्यक्रममा बोल्दै उपसभामुखले परिवर्तनको सुरुआत आफैबाट हुनुपर्ने बताइन् ।

सस्टेनेवल डेभलोपमेन्ट गोल अन्तर्गत रिडेफ नेपालको स्थानीय संयोजकत्वमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्कीले इमान्दारितासाथ काम गर्न सकेमा दिगो विकास हुने बताए ।

प्रौढ शिक्षामा प्राथमिकता दिनुको सट्टा बालशिक्षामा लगानी गर्न सके दिगो विकासको लक्ष्य पुरा हुने उनको भनाइ छ ।

कामका आधारमा गरिने विभेद, शिक्षामा हुने असमानता दिगो विकासको लक्ष्य पुरा गर्न बाधक हुने उनले बताए ।

समाजवादी पार्टी संसदिय दलका नेता तथा प्रदेशसभा सदस्य जयराम यादवले राज्यले नै विभेदको नीति लिएको बताए ।

यादवले संविधानमा नै विभेद रहेको र जुन त्रुटीहरुलाई सच्याउनु आवश्यक रहेको बताए ।

तीन तहकै सरकारबीच सहकार्य भएर अघि बढेमा दिगो विकास अन्तर्गतका लक्ष्य प्राप्ति गर्न सकिने उनको भनाइ छ ।

५ वर्षसम्मको समय बित्दापनि लक्ष्य अनुरुप काम हुन नसकेको उनले बताए ।

प्रदेश योजना आयोग सदस्य पूर्ण कुमार लग्समले दिगो विकासको लक्ष्य प्राप्तिकालागि शिक्षा, पर्यटन, उद्यमशिलता तथा प्राविधिक शिक्षामा प्राथमिकता दिनुपर्ने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]