• फागुन २२, २०७६
  • जुनकिरी खबर

हात नमिलाउन एक नम्बर प्रदेशका मन्त्रीको आग्रह

alt

एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको त्रास नहटेसम्म हात नमिलाउन आग्रह गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री घिमिरेले कोरानाको संक्रमण पूर्ण नियन्त्रणमा नभएसम्म एकआपसमा हात नमिलाउन प्रदेशका सबै नागरिकहरूसँग आग्रह गरेका हुन् ।

उनले सार्वजनिक समारोह र स्थलहरूमा जाँदा हात धोएर वा सफा गरेर मात्र जान आम नागरिकहरूलाई आग्रह गरे । उनले भने, ‘कोरोना संक्रमणबाट जोगिन हात नमिलाउन म नागरिकहरूसँग अपिल गर्दछु ।’

मन्त्री घिमिरले कोराना संक्रमणको जोखिम उच्च भएपनि हाहाकारको अवस्था नभएको बताए । उनले कोरानाको बारेमा अतिरञ्जनापूर्ण अभिव्यक्ति दिएर त्रास पैदा गर्ने र कालोबाजारी गर्ने कार्य सरकारले निरुत्साहित गर्छ भने ।

उनले भारतसँग जोडिएका प्रदेशका मुख्य ठूला नाकाहरूमा हेल्पडेस्क राखिएको र उच्च सुरक्षा सर्तकता अपनाइएको भन्दै संसद भवनमा हेण्डवास राखिसकिएको र प्रदेशका सबै कार्यालयहरूमा राख्न निर्देशन दिने संसदमा जानकारी गराए ।

खाद्यान्न र औषधि जोहो गर्न प्रतिपक्षी दलको आग्रह

विराटनगर एक नम्बर प्रदेशसभामा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरसको संक्रमणका लागि खाद्यान्न र औषधिको जोहो गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रदेशसभा बैठकको विशेषमा बोल्दै प्रमुख सचेतक कार्कीले भारतमा पनि कोरोनाको संक्रमण बढिरहेकाले सीमाना शिल हुने जोखिम बढेको भन्दै समयमै पर्याप्त खाद्यान्न र औषधिको जोहो गर्न सरकारसँग आग्रह गरेका हुन् ।

कोराना संक्रमणले गर्दा चीनतर्फको नाका पहिले नै बन्द भइसकेको र अब भारततर्फको पनि नाका बन्द भएमा देशमा खाद्य र औषधिको संकट पर्ने भएकोले सरकारले विपद व्यवस्थानजमा बेलैमा सचेत हुनुपर्छ भने ।

उनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा भएकोले सक्रमण सुरु भएमा रोकथाम गर्न असम्भव भएकोले उच्च सर्तकता अपनाउन र विपद व्यवस्थापनमा जोड दिनु उचित हुने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]