• फागुन २५, २०७६
  • जुनकिरी खबर

मुख्यमन्त्रीलाई शिरै ढाक्ने गुराँसको माला

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको शिर गुराँस फूलको मालाले ढाकिन्थ्यो। उनका सहयोगीले हटाउँथे, फेरि उस्तै हुन्थ्यो । यो महाकुलुङ गाउँपालिका १ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पताल उद्घाटनका लागि आइपुगेका मुख्यमन्त्री स्वागतको दृश्य हो ।

स्थानीय जंगलमा फुलेका गुराँसका फूल र पातबाट गाँसिएका आकर्षक माला र फूलसहित करिब ७ सय विद्यार्थी लामबद्ध थिए । हेलिप्याडबाट कार्यक्रम स्थल पुग्दा झण्डै आधा घण्टा मुख्यमन्त्रीको स्वागतमा बितेको थियो । 

गलाबाट चाङ लाग्न सुरु हुने मालाले उनको शिर पुरै छोप्थ्यो, मुख्यमन्त्री राई भन्थे, ‘टोपी बिग्रियो ।’ उनका सहयोगीले माला हटाएर स्थानीय कार्यकर्ताको हातमा थमाउथे, मुख्यमन्त्रीले टोपी मिलाउन नपाउदै गलामा माला थपिन्थ्यो, फेरि, एकैछिनमा शिर ढाकिन्थ्यो, यो क्रम दर्जन बढी पटकसम्म दोहोरिरहेको थियो ।

पहिलो पटक आफ्नो गाउँमा मुख्यमन्त्री आउने कुराले उनीहरू खुसी देखिन्थे । मुख्यमन्त्री राईको साथमा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत पनि थिए  ।  

खाजामा पिँडालु र सक्खर

कार्यक्रममा उपस्थित सर्वसाधारणलाई तरकारी र चिउरा खाजाको व्यवस्था मिलाएको आयोजकले मुख्यमन्त्री राई लगायतलाई खाजामा नुन चियासहित उसिनेको पिँडालु र सक्खर दिएका थिए ।

महाकुलुङबासीले सम्मान भावले दिएको स्थानीय उत्पादनलाई मुख्यमन्त्रीले सहज रुपमा लिए । अन्य अतिथिले मन्तव्य राख्दै गर्दा उनले मन्चमै पिँडालु खाएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]