• फागुन २६, २०७६
  • जुनकिरी खबर

कोराना संक्रमणले सभा–सम्मेलन र होली पर्व प्रभावित

alt

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा आइतबार ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमहरू प्रभावित भए । राजनैतिक दल र अधिकारकर्मी महिला र प्रदेश सरकार कसैले पनि खुल्ला ठूला सभाहरू आयोजना गरेनन् ।

यसपालि अधिल्ला वर्षहरूमा झै महिला दिवसका लागि विराटनगरमा कुनै कतै र्‍याली र जुलुसहरू पनि निस्किएनन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर १५ जना श्रमिक महिलाहरूलाई सम्मान गर्‍यो ।

केही महिला अधिकारकर्मीहरू भेला भएर विराटनगर–२ स्थित तीनपैनी चौकमा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वव्यापी हड्ताललाई सर्मथन गरे । उनीहरूले केहीबेर मात्र हड्तालमा सहभागिता जनाए । आइतबार विराटनगरस्थित मोरङ क्याम्पसमा पनि कोठाभित्रै महिला दिवस सम्पन्न भयो ।

आइतबारको महिला दिवस मात्र हैन कोरोना भाइरसको संक्रमण त्रासले गर्दा एक नम्बर प्रदेशमा हुने ठूला भेला र कार्यक्रमहरू सबै स्थगित हुन थालेका छन् । दलित नागरिक समाजले ८ चैत (२१मार्च) को सबैखाले जातीय विभेद उन्मुलन गर्ने विश्व दिवसको अवसरमा आयोजना गर्न लागेको बृहत भेला स्थगित गर्‍यो ।

भेला आयोजक समिति सचिव उमेश विश्वकर्माका अनुसार कोरोना भाइरस संक्रमण हुन नदिन उच्च सर्तकताका लागि सरकारले गरेको आग्रहलाई ख्याल गर्दै भेला स्थगित गरेर वैसाशमा लोकतन्त्र दिवसका दिन गर्ने निधो भएको बताए । उनका अनुसार कोरानाकै कारण कार्यक्रमको मोडलसमेत परिवर्तन भएको छ ।

होली पर्व पनि प्रभावित

कोरोना भाइरसको संक्रमण त्रासकै कारण एक नम्बर प्रदेशमा होली पर्व पनि प्रत्यक्ष प्रभावित भएको छ । सधै हर्षोउल्लासले एक महिना अघिदेखि नै खेलिने होली यसपालि खेलिएको छैन । सधैँ तँछाडमछाड र भ्याइनभ्याइ गरी आयोजना हुने विभिन्न संस्थाका होली मिलन कार्यक्रम यसपालि भएका छैनन् ।

छिटपुट भएपनि मानिसहरूको उपस्थिति एकदमै न्यून छ । कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउँदै एक नम्बर प्रदेश सरकारले दुई वर्षदेखि निरन्तरता दिँदै आएको होली यसपालि नमनाउने भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]