• फागुन २६, २०७६
  • जुनकिरी खबर

किवानिज क्लब अफ इटहरीले ६ जना छात्राहरुलाई बाढ्यो साइकल

alt

समयमै विद्यालय आउन सहयोग पुगोस भनेर विद्यालय भन्दा टाढा घर भएका सामुदायिक विद्यालयमा अध्यन गर्ने इटहरीका ६ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको किवानिज क्लब अफ ईटहरीले ईटहरी २० तरहरामा रहेको जनसहयोग माध्यमिक विद्यालयमा अध्यनरत ६ जना छात्राहरुलाई अन्तराष्ट्रिय स्तरको गैरसरकारी संस्था किवानिज इन्टरनेशनलले साइकल उपलव्ध गराएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय आउन जान सहयोज होस भनेर साइकल वितरण गरिएको किवानिज इन्टरनेशनलकी बेली रुइज ले वताइन ।

इटहरी । समयमै विद्यालय आउन सहयोग पुगोस भनेर विद्यालय भन्दा टाढा घर भएका सामुदायिक विद्यालयमा अध्यन गर्ने इटहरीका ६ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको किवानिज क्लब अफ ईटहरीले ईटहरी २० तरहरामा रहेको जनसहयोग माध्यमिक विद्यालयमा अध्यनरत ६ जना छात्राहरुलाई अन्तराष्ट्रिय स्तरको गैरसरकारी संस्था किवानिज इन्टरनेशनलले साइकल उपलव्ध गराएको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय आउन जान सहयोज होस भनेर साइकल वितरण गरिएको किवानिज इन्टरनेशनलकी बेली रुइज ले वताइन ।

विद्यार्थीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी किवानिज इन्टरनेशनलकी बेली रुइज , किवानिज क्लब अफ ईटहरीका अध्यक्ष किरण पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बस्नेत लगायतले साइकल वितरण गरेका थिए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीहरुको घर विद्यालय भन्दा टाढा भएको कारण समयमै आउन र जान नसक्ने अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरी साइकल वितरण गरिएको किवानिज क्लब अफकी कोषाध्यक्ष मनिता तामागंले वताइन । साइकल पाएपछि विद्यालय आवत जावत गर्न सहज हुने कक्षा ९मा अध्ययनरत निसा राईले वताइन । किवानिज इटहरीको पहलमा अघिल्लो वर्ष पनि इटहरीका दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीहरुलाई साइकल वितरण गरिएको जनाइएको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]