• फागुन २७, २०७६
  • जुनकिरी खबर

विराटनगर विमानस्थलमा हेल्थ डेस्क शुभारम्भ

alt

कोरोना भाइरसको संक्रमण जाँच गर्न विराटनगर विमानस्थलमा हेल्थ डेस्क स्थापना भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुहरुको स्वास्थ्य जाँचका लागि मंगलबार हेल्थ डेस्कको स्थापना गरेका हुन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा हेल्थ डेस्क उद्‍घाटन गरेका हुन्।


हेल्थ डेस्कमा महानगरका ४ र स्वास्थ्य कार्यालय मोरङका २ गरी ६ स्वास्थ्यकर्मीलाई खटाइएको छ। ३/३ जनाको दुई टोली बनाएर विमानस्थलबाट आउने र जाने बिरामीको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए।

हवाईजहाजबाट ओर्लेका यात्रुहरुलाई साबुन पानीले हात धुने व्यवस्था विमानस्थलमा गरिएको छ। हात धोएपछि स्वास्थ्यकर्मीले उनीहरुको शरीरको तापक्रम जाँच्ने व्यवस्था मिलाइएको उनले बताए।तोकिएको तापक्रम भन्दा बढी शरीरको तापक्रम भएका यात्रुहरुलाई फाराम भर्न लगाएर निगरानीमा राख्ने व्यवस्था गरिएको उनले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]