• फागुन ३०, २०७६
  • जुनकिरी खबर

संघीय सरकारसँग १२ सय विघा जग्गा माग्दै प्रदेश सरकार

alt

प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको प्रदेश १ मन्त्रीपरिषदको बैठकले सो जग्गामा औद्योगिक पार्क बनाउन प्रदेश सरकारले बजेट समेत छुट्याएको संघीय सरकारसमक्ष जग्गा माग गर्ने निर्णय गरेको जनाएको छ । 

बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकार प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जग्गा खाली रहेकाले यस्तो निर्णय गरेको जानकारी दिए । 'साल्ट ट्रेडिङ कर्पोरेसनको नाममा रहेछ, प्रयोगबिहीन रहेकाले सो क्षेत्रमा औद्योगिक पार्क बनाउने सरकारको योजना छ,'मन्त्री कार्कीले भने, 'यसको लागि प्रदेश १ सरकारले २ करोड बजेट समेत छुट्याएको छ ।'

संघीय सरकारबाट जग्गा भोगचलनका लागि प्रदेश सरकारलाई स्वीकृति दिनसाथ औद्योगिक पार्क निर्माणको काम सुरु गर्ने मन्त्री कार्कीले बताए । यो जग्गामा अहिले उखु खेती हुँदै आएको छ । 

पहिले उक्त जग्गा मोरङ सुगर मिस्सको नाममा रहेको २०५८ सालमा मोरङ सुगर मिल्स बन्द भएपछि त्यसको व्यवस्थापन साल्ट ट्रेडिङ कर्पोरेसनले जिम्मा लिएको थियो । 

एकै स्थानमा औद्योगिक पार्क बने उत्पादन र सञ्चालन गर्न सहज हुने प्रदेश सरकारको विश्वास छ । यस्तै बिहीबारको मन्त्रीपरिषद बैठकले विराटनगर जुटमिलको जग्गा र जुटमीलको संरचनाको अध्यायन गरी प्रतिबेदन तयार पार्न कार्यदललाई निर्माण गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]