• चैत २, २०७६
  • जुनकिरी खबर

कोरोना भाईरसप्रति एक नम्वर प्रदेश सरकारको उच्च सर्तकता

alt

 एक नम्वर प्रदेश सरकारले कोरोना भाईरसका लागि उच्च सर्तकता अपनाएको बताएको छ ।

कसैलाई कोरोनाको आशंका लागे तुरुन्त आईसोलेसनमा राखेर उपचार गर्नका लागि प्रदेश सरकारले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० बेड, विराट मेडिकल कलेज विराटनगरमा १२ बेड, कोशी अस्पतालमा ५ बेड र नोबेल मेडिकल कलेज विराटनगरमा आईसियु सहितको एउटा बेड तयारी अवस्थामा रहेको एक नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहेताले बताए ।

कोशी अस्पतालमा भने आईसोलेसन वार्ड निर्माण चरणको अन्तिममा पुगेकोले सम्भव भए आज या भोली देखि विरामी राख्न सकिने बताईएको छ ।

एक नम्वर प्रदेशकै मेची अस्पताल र झापाको वि एण्ड सी अस्पतालाई पनि तयारी अवस्थामा बस्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

जुन अस्पतालमा आईसोलेनस वार्ड राखिएको छ त्यो अस्पताललाई एक नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा मार्फत स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने विषेश खालको पहिरन (पिपिई) पर्सनल प्रोटेक्टीभ इकुपमेन्ट, आई आर थर्ममिटर पनि दिईएको समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]