• जेठ १, २०७६
  • जुनकिरी खबर

नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

alt

मुम्बई / नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको  जनाइएको छ । 

प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल्ली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ । ती नेपाली युवतीले बलात्कारीको नाम पनि प्रहरीलाई टिपाएको समाचारमा जनाइएको छ । उनीहरुमध्ये एक जनाको फोन नम्बरसमेत प्रहरीलाई दिइएको छ । युवतीले दिल्लीमा रेलबाट कसरी मुम्बई जान सकिन्छ भनेर सोधेकी थिइन् ।
 
दिल्लीको द्वारका भन्ने स्थानमा रहेको बेलामा एक जना व्यक्तिले उनलाई मद्दत गर्ने बताएको थियो । त्यसपछि सोही व्यक्तिले उनलाई घरमा लिएर गए र त्यही आराम गर्न भने । त्यसपछि सोही घरमा ती युवतीलाई बलात्कार गरेको र  ती व्यक्तिले आफ्ना तीन साथीलाई पनि बोलाएको थियो । 

सामूहिक बलात्कारपछि ती युवतीलाई रेलवे स्टेशन नजिकै छोडेका थिए । द्वारकाबाट नेपाली युवतीले आफ्ना दाजुलाई फोन गरेका कारण सो व्यक्तिको फोन त्यही बेलामा पत्ता लागेको जनाइएको छ । 

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पीडितका दाजुले प्रहरीसमक्ष सोमबार उजुरी दर्ता गरेका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]