• जेठ १, २०७६
  • जुनकिरी खबर

नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

alt

मुम्बई / नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको  जनाइएको छ । 

प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल्ली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ । ती नेपाली युवतीले बलात्कारीको नाम पनि प्रहरीलाई टिपाएको समाचारमा जनाइएको छ । उनीहरुमध्ये एक जनाको फोन नम्बरसमेत प्रहरीलाई दिइएको छ । युवतीले दिल्लीमा रेलबाट कसरी मुम्बई जान सकिन्छ भनेर सोधेकी थिइन् ।
 
दिल्लीको द्वारका भन्ने स्थानमा रहेको बेलामा एक जना व्यक्तिले उनलाई मद्दत गर्ने बताएको थियो । त्यसपछि सोही व्यक्तिले उनलाई घरमा लिएर गए र त्यही आराम गर्न भने । त्यसपछि सोही घरमा ती युवतीलाई बलात्कार गरेको र  ती व्यक्तिले आफ्ना तीन साथीलाई पनि बोलाएको थियो । 

सामूहिक बलात्कारपछि ती युवतीलाई रेलवे स्टेशन नजिकै छोडेका थिए । द्वारकाबाट नेपाली युवतीले आफ्ना दाजुलाई फोन गरेका कारण सो व्यक्तिको फोन त्यही बेलामा पत्ता लागेको जनाइएको छ । 

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पीडितका दाजुले प्रहरीसमक्ष सोमबार उजुरी दर्ता गरेका हुन् ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]