• असार २३, २०७६
  • जुनकिरी खबर

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको अभाव

alt

पेट्रोलियम पदार्थको ढुवानीमा समस्या आएपछि दुई दिनदेखि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

नेपाल आयल निगमको प्रदेश कार्यालयले इन्धन वितरण नगर्दा पूर्वी बजारमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो । जसका कारण मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरलगायत पूर्वी तराईका पेट्रोल पम्पहरु बन्द छन् ।

शुक्रबारदेखि पेट्रोल ट्यांकर चालकहरुले सिमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्न बहानमा दुःख दिने गरेको भन्दै तत्काल आईसिपीको बाटो प्रयोग गर्न माग राख्दै ढुवानी रोकेका हुन् । ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी रोकेपछि बजारमा इन्धनको अभाव देखिएसँगै उपभोक्ता भने मारमा परेका छन् ।

नेपाल आयल निगम प्रदेश कार्यालयले भने सीमावर्ती भारतीय बाटोमै रोकिएका पेट्रोल ट्यांकर एक हप्तादेखि सहज रूपमा आउन नपाएका कारण इन्धन सहज हुन नसकेको जनाएको छ ।

निगमका अनुसार स्थानीय प्रशासनको सहयोगमा सीमावर्ती फारबिसगञ्जको प्रशासनसँग अनुरोध गरेर बिहान ६ देखि ८ र राति १० देखि १२ बजेसम्म ट्यांकरमात्र आउने व्यवस्था मिलाईएको छ । चालकले आइसिपी हुँदै तेल ओसार्न पाउनु पर्ने माग गरे पनि यसमा भने कुनै सहमति हुन नसकेको आयल निगम कार्यालयले जनाएको छ ।

निगमका अनुसार कोशी र सगरमाथाका १२ जिल्लामा डिजलका ५० र पेट्रोलका २० ट्यांकरले ओसारेको तेल दैनिक खपत हुने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]