• चैत ४, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को नाम : नेकपा भित्र जुटेन सहमति

alt

प्रदेश १ को नामको टुंगो लगाउन बसेको नेकपा प्रदेश १ को संसदिय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रदेश १ को नामाकरणको विषय टुंगो लगाउन छलफल भएको थियो । तर छलफलमा आएको कुनै प्रस्तावमा सहमति जुटेन ।

बैठकमा गहन छलफल भएको नेकपा प्रमुख सचेतक  बुद्धिकुमार राजभण्डारीले बताए । छलफबाट सहमति नजुटेपनि थप छलफल गरी जारी अधिवेशनबाट नै नामको टुंगो लगाउने सहमति भएको राजभण्डारीले बताए ।

बैठकले नेकपाको सचेतकमा सौभाग्यवती राईलाई चयन गर्ने निर्णय गरेको छ । यस अघि नेकपाको सचेतकमा राजकुमार ओझा थिए । तर नेकपाको मंगलबार बसेको बैठकले राईलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

एक नम्बर प्रदेशको नाम कोशी , किराँत , किराँत कोशी , किराँत लिम्बुवान , लिम्बुवानकिराँत कोच , सगरमाथा , कोशी सगरमाथा , विराट, मेची वा विजयपुर प्रदेश हुनुपर्ने दल र सांसदहरुले चर्चा गर्दै आएका छन ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७, काँग्रेसको २१, संघिय समाजबादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ साँसद छन । संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]