• चैत ६, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को संसद अनिश्चितकालका लागि स्थगित

alt

प्रदेश १ को संसद अनिश्चितकालका लागि बिहीबारदेखि स्थगित गरिएको छ । नोबल कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट बच्‍न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएपछि प्रदेश १ को संसद पनि स्थगित गरिएको हो । 

प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरिएको सदनमा जानकारी गराए।

बिहीबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सरकारले गरेको घोषणालाई मध्य नजर गर्दै प्रदेशसभा बैठक बसिरहन उपयुक्त नभएकाले स्थगित गर्ने सहमति अनुसार भण्डारीले संसद स्थगित गरेका हुन्।

वातावरण विधयेक संशोधनसहित पारित

प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ संशोधनसहित बिहीबार प्रदेशसभालेसर्वसम्मतिले पारित गरेको छ। उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जबेगुले बुधबार सदनमा उक्त विधयेकको दफाबार छलफलपछि प्रतिवेदन पेस गरेकी थिइन्।


उक्त विधयेकमा ११ जना सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावलगायत विज्ञको उपस्थितिमा दफाबार छलफलपछि जबेगुले सदनमा प्रतिवेदन पेस गरेका थिइन्। सभामुख प्रदीपकुमार भण्डारीले सदनमा समितिले पेस गरेको विधयेक निर्णयार्थ प्रस्तुत गरेपछि सांसदहरुले सर्वसम्मतिले पारित गरेको थियो।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]