• चैत ८, २०७६
  • जुनकिरी खबर

कोराना त्रास : भेडेटार सुनसान

alt

पूर्वको चर्चित पर्यटकीयस्थल मध्येको एक हो, भेडेटार। जहाँ नेपालका आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्छन्। तर, यतिबेला विश्व व्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासले भेडेटार सुनसान छ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प छ। दिनप्रतिदिन चहल–पहलमा कमी हुँदै गएको छ। कोशी राजमार्गमा गुड्ने बाहेक भेडेटार बजार क्षेत्रमा सवारीसाधनको उपस्थिति प्राय देखिँदैन। कोरोना त्रासकै कारण पछिल्लो समय भेडेटार बजारको व्यापार–व्यवसाय ठप्प रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।

१ नं. प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको भेडेटारमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन्। नेपाल–भारत सीमा नाका क्षेत्रमा कडाइ हुन थालेपछि भारतीय पर्यटक आउन छाडेको उनले बताए।

सधैंभरि चिसो मौसम भइरहने भेडेटारको विशेषता हो। गर्मी सिजन सुरु भएकाले गर्दा यतिबेला पर्यटकको घुइँचो लाग्ने सिजन हो। सिजनका बेला कोरोना सन्त्रासले होटल ठप्प हुँदा समस्या भएको एसोसिएसनका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए।

भेडेटारसहित नाम्जे, थुम्कीलगायत क्षेत्रमा साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन्। ती होटलमा १ अर्बभन्दा बढी लगानी छ। अधिकांश होटलमा वित्तीय संस्थाको लगानी छ। भने केहीले घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गरिरहेका छन्।

हरेक होटलमा कम्तीमा ५ जनासम्म कर्मचारी छन्। सबै होटलमा गरी ७ सयसम्म कामदार छन्। होटल सुनसान हुँदा बैंकको ब्याज तिर्न, भाडा तिर्न र कर्मचारीलाई तलब दिन धौं–धौं हुन थालेको होटल सञ्चालकको भनाइ छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]