• चैत ८, २०७६
  • जुनकिरी खबर

कोरोनाको शंका लागे यि नम्बरमा कल गर्नुहोस

alt

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका लागे शुक्रबार देखि सक्रिय बनाइएको दुइ वटा मोबाइल नम्बरमा जो कोहिले फोन गरेर चिकित्सकबाट आवश्यक सल्लाह सुझाव लिन सक्ने छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प लाइनको रुपमा ९८०२७९५२५२ र ९८०२७९५३४९ नम्बरमा सर्वसाधारणले फोन गरेर बुझ्न सक्ने छन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक तथा कोरोना भाइरस ¥यापिड रेस्पोन्स कमिटिका सदस्य डा विकास साहका अनुसार रुघामार्गी, ज्वरो, स्वास्प्रस्वास जस्ता समस्या आए उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गरेर आवश्यक सुझाव लिन सक्नेछन् । उनले भने, ‘व्यक्तिले दिएको विस्तृत जानकारीको आधारमा चिकित्सकले कोरोना भाइरस संक्रमण भएको हो वा नभएको हो, भएको भए के गर्ने, कहा कसरी जाने सल्लाह दिने छन् ।’

यसैवीच प्रदेश नम्बर १ सरकारले कोरोनाको संक्रमणको जोखिम कम गर्न भारतसंग जोडिएका सवै नाका बन्द गर्नुपर्ने निर्णय गरेको छ । संघीय सरकारसंग भारतीय सिमा जोडिएका सिमा बन्द गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले सिमानामा आवत जावत हुने नाका बन्द गर्न केन्द्र सरकारसंग आग्रह गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रदेशका नाकाहरुमा अत्याबश्यक बस्तुको आपुर्ती बाहेक दुवैतर्फका मानिसका आवत जावत रोक्ने निर्णय भएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]