• चैत १०, २०७६
  • जुनकिरी खबर

इटहरीमा दुईसय क्षमताको आइसोलेसन वार्ड बनाउने, होटल १२ दिन बन्द गरिने

alt

सुनसरीको इटहरी स्थित सञ्चालनमा रहेका होटलहरु बन्द हुने भएका छन् ।

सोमबार बसेको होटल ब्यबसायी संङघ इटहरीको बैठकले एक विज्ञप्ती जारी गर्दै २०७६ चैत्र ११ गतेबाट चैत्र २२ गतेसम्म सम्मका लागि होटल बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको माहामारी फैलिरहेको बेला सम्पूर्ण होटल व्यवसायीलाई होटल बन्द गरी सुरक्षित रहन आग्रह गरिएको हो । होटल ब्यबसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली तथा महासचिब उमानाथ दाहाल द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सम्बन्धित घर धनिलाई भाडामा छुट दिन तथा बैंकलाई कर्जाको ब्याज छुट गरिदिन समेत आग्रह गरीएको छ ।

इटहरी उपमहानगरपालिकाले दुई सय क्षमताको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको कक्षा कोठामा सोमबारदेखि वार्ड बनाउने तयारी गरिएको हो ।

सोमबार उपमहानरले प्रेस विज्ञप्ती जारी गदैं एकै पटक दुई सय जनालाई अटाउने सुबिधाको वार्ड निर्माणको लागि नेपाली सेना, शसस्त्र/जनपथ प्रहरी, उघोग बाणिज्य संघ, रेडक्रस सोसाइटी, राजनितिक दल तथा अन्य संघसंस्थासँगको समन्वयमा क्यारेन्टाइन बनाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]