• असार २३, २०७६
  • जुनकिरी खबर

गुणस्तरहिन औषधि धमाधम बिक्री

alt

काठमाडौं ।  बजारमा न्यून गुणस्तर औषधीहरु खुलेयाम बिक्री हुने क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले आठ प्रकृतिका औषधिहरु न्यूनगुणस्तर भएको भन्दै तत्काल बजारबाट फिर्ता पठाउन भनेको छ ।
बजार अनुगमनका क्रममा संकलन गरीएका औषधिहरुको नमुना परिक्षण गर्दा विभिन्न व्याचका आठ प्रकृतिका औषधिहरु फिर्ता पठाइएको बिभागले जनाएको छ ।

जसअन्तर्गत फरमीन जी वान फोरटी, पानटोना, अलमोक्स–फाइभ हन्ड्रेड, अल्मोक्सीन–फाइभ हन्ड्रेड, पेट सफा, अभिपत्तिकर चुर्ना, आरोग्य वालवेल चुर्ना र पुसयाङग चुर्ना रहेका छन् ।

नेपाल र भारतका औषधि उद्योगबाट उत्पादीत औषधिहरुको निरीक्षण गर्दा कमसलयुक्त पाइएपछि बजारबाट फीर्ता गर्न भनिएको हो । केहि औषधिहरु म्याद नाघेका समेत बिक्री भएको पाइएको छ । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री बितरण रोक्कागरी बजारमा फिर्ता गर्न भनिएको छ । सोको बिबरण बिभागमा पेश गर्न उद्योग तथा आधिकारीक प्रतिनीधीहरुलाई आग्रह गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]